Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

‘कुलिङ अफ पिरियड’ छेडखानी सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

‘कुलिङ अफ पिरियड’ छेडखानी सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस


  • 1.0K
    Shares

    • images
    ‘कुलिङ अफ पिरियड’ छेडखानी सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
    images

    काठमाडौं । ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । 

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् । 

    असार २३ गते प्रतिनिधिसभा बैठकबाट छानबिन समिति बनेको थियो । समितिलाई पहिला २१ दिन समय दिइएको थियो । पछि ७ दिन थपिएको थियो । त्यो समय साउन १८ गते नै सकिए पनि मंगलबार मात्रै प्रतिवेदन सभामुखलाई बुझाएको थियो ।

    प्रतिवेदनमा ६ परिच्छेद र ४ अनुसूची समावेश गरिएको सभापति परियारले जानकारी दिएका छन् । परिभाषित जिम्मेवारीमा रहेकाले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको देखिएको परियारले बताएका छन् । राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक तथा कर्मचारीलाई पदीय आचरण पूरा नगरेको देखिएको प्रतिवेदनमा राखिएको परियारले बताएका छन् । 

    कांग्रेस सांसद परियार सभापति रहेको समितिले सङ्घीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १४:४०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij