२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।
आज शेयर बजार नेप्से परिसुचक ४१.७८ अंकले घटेर २,८३३ को विन्दुमा कायम भएको छ । आज ४६ कम्पनीको शेयर मुल्य बढेको छ भने २०४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार १२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३९ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ट्रेड टावर कम्पनीको ३७ करोड माथिको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij