Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बबई नदीमा पानीको सतह बढ्दो, खतरा स्थानमा सशस्त्र प्रहरी परिचालन

बबई नदीमा पानीको सतह बढ्दो, खतरा स्थानमा सशस्त्र प्रहरी परिचालन


  • 799
    Shares

    • images
    बबई नदीमा पानीको सतह बढ्दो, खतरा स्थानमा सशस्त्र प्रहरी परिचालन
    images

    काठमाडौं । बबई नदीमा पानीको सतह बढ्दै गएपछि डुबान पर्नसक्ने स्थानहरूमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ  । 

    नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुबान पर्नसक्ने भएकोले उद्धारका लागि सुरक्षा फौज परिचालन भएको हो । 

    बबई जल मापन केन्द्रमा जलसतह सतर्कता तह ७.१७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ । जहाँ पानीको सतह ६.८० पुगेपछि खतरा लेबल मानिन्छ । 

    डुबानमा पर्नसक्ने स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र थापाको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजमा परिचालित भएको छ । 

     

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १३:०७:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij