Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

तारकेश्वर–११ का वडाध्यक्ष पक्राउ

तारकेश्वर–११ का वडाध्यक्ष पक्राउ


  • 1.3K
    Shares

    • images
    तारकेश्वर–११ का वडाध्यक्ष पक्राउ
    images

    काठमाडौं । काठमाडौंको तारकेश्वर–११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन् । 

    तारकेश्वर ११ र काठमाडौं महानगरपालिका १६ नम्बर वडाको सिमानाको खोलामा करिडोर निर्माण गर्ने क्रममा गत असार २३ गते भएको झडपपछि परेको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् । 

    प्रहरीले उनलाई सोमबार पक्राउ गरेर मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी कुलदीप चन्दले जानकारी दिएका छन् । 

    २२ गते काठमाडौं महानगरपालिकातर्फ खोला मिचेर करिडोर निर्माण गर्न लागिएपछि वडा नम्बर ११ का जनप्रतिनिधिसहित स्थानीयले प्रशर्नन गरेका थिए । सो क्रममा केही स्थानीय झडप भएका थिए । झडपमा घाइते भएकाहरूले वडाध्यक्षसहित १३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । 

    उक्त जाहेरीपछि हालसम्म वडाध्यक्षसहित ११ जना पक्राउ परिसकेको  एसपी चन्दले जानकारी दिएका छन् । 

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १२:५९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij