Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

अपडेट

बहुविवाह सम्बन्धी विरोध चुलिएपछि व्यवस्था संशोधन गर्न उपसमिति गठन

बहुविवाह सम्बन्धी विरोध चुलिएपछि व्यवस्था संशोधन गर्न उपसमिति गठन


  • 862
    Shares

    • images
    बहुविवाह सम्बन्धी विरोध चुलिएपछि  व्यवस्था संशोधन गर्न उपसमिति गठन
    images

    काठमाडौं ।  बहुविवाहसम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन गर्न सरकार तयार भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले उक्त व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । 

    ‘विधेयक समितिमा मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता,मुलुकी देवानी संहिता,मुलुकी देवानी कार्यविधि संहिता र सजाय निर्धारणसम्बन्धी पाँचवटा विधेयकमा संशोधनको प्रस्ताव प्रस्तुत भएको छ’,मन्त्री लेखकको भनाइ छ । 

    मन्त्री लेखकका अनुसार बहु विवाह सम्बन्धी व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था,अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवी, माफी र परिवर्तनसम्बन्धी व्यवस्थाहरूमा थप छलफल गर्नुपर्ने तथा संशोधन परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमा एउटा उपसमिति गठन गरिएको हो ।

    ‘त्यो उपसमितिले सम्बन्धित मन्त्रालयहरूको पनि राय सल्लाह लिएर परिमार्जन गर्ने प्रक्रिया अघि बढाउँछ’, लेखकले भने, ‘अव यसमा नागरिकहरूमा बाहिर चर्चा र चिन्ता र चासोलाई संशोधन गरेर परिमार्जन गर्छ ।’ 

    उपसमितिमा कानुन मन्त्रालयका प्रतिनिधि, विधेयक समितिको सचिव, महान्यायाधिवक्ता र कानुन आयोगका प्रतिनिधिको सहभागिता रहने छ ।

     

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - ११:५६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij