Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

श्रीमती झुन्डिएको अवस्थामा मृत फेला, श्रीमान प्रहरीको नियन्त्रणमा कुटपिटको आशंका

श्रीमती झुन्डिएको अवस्थामा मृत फेला, श्रीमान प्रहरीको नियन्त्रणमा कुटपिटको आशंका


  • 1.8K
    Shares

    • images
    श्रीमती झुन्डिएको अवस्थामा मृत फेला, श्रीमान प्रहरीको नियन्त्रणमा कुटपिटको आशंका

    काठमाडौं । कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छन् । १७ वर्षीया सम्झना भट्ट घरमै झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

    ६ महिनाअघि मात्रै बेल्डाँडी गाउँपालिका–२ का २४ वर्षीय पवन भट्टसँग विवाह गरेकी सम्झना आइतबार मृत भेटिएकी हुन् ।

    सम्झनाको मृत्युलाई माइती पक्षले घटना शंकास्पद भएको बताएपछि प्रहरीले सम्झनाका श्रीमान् पवनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

    श्रीमानले कुटपिट गरेको, यातना र तनाव दिएका कारण उनको मृत्यु भएको भन्दै माइती पक्षले जाहेरी दिएका छन् । सोही जाहेरीका आधारमा पवनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सागर बोहराले जानकारी दिएका छन् ।

    मृत्युअघि सम्झनाले एक जना साथीलाई वाट्सअपमा म्यासेज पठाउँदै श्रीमानले आफूमाथि कुटपिट गरेको बताएको खुलेको छ । प्रहरीका अनुसार घटना भएको अघिल्लो दिन मात्रै सम्झना श्रीमानले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय बेल्डाँडीमा पुगेकी थिइन् ।

    प्रहरीले उनका श्रीमान् पवनलाई बोलाएर सम्झाइबुुझाइ गरेर कुटपिट नगर्ने सर्तमा छाडेको थियो । तर, भोलिपल्ट भने सम्झना मृत अवस्थामा भेटिएकी थिइन् ।

    पारिवारिक स्रोतका अनुसार सम्झना पवनसँग १३ वर्षको उमेरदेखि उनी प्रेम सम्बन्धमा थिइन् । दुई जनाको सम्बन्ध सार्वजनिक भएपछि उनीहरुले प्रेम विवाह गरेका थिए । तर, प्रेम विवाह गरेपछि पवनले सम्झनालाई कुटपिट गर्ने तथा यातना दिने गरेको परिवारको दाबी रहेको छ ।

    सम्झनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - ११:४५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij