Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सागर डिष्टिलरीले आईपीओ निष्कासन गर्दै, क-कसले भर्न पाउँछन् ?

सागर डिष्टिलरीले आईपीओ निष्कासन गर्दै, क-कसले भर्न पाउँछन् ?


  • 1.5K
    Shares

    • images
    सागर डिष्टिलरीले आईपीओ निष्कासन गर्दै,  क-कसले भर्न पाउँछन् ?

    काठमाडौं । सागर डिष्टिलरीले साउन २८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

    कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको आईपीओ जारी गर्न लागेको हो । 

    कम्पनीले सर्वसाधारण लगानीकर्तालाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।

    पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्ने भएको हो । 

    कम्पनीको आईपीओमा भदौ १ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा भदौ ११ गतेसम्म लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम् १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्ने छन् । 

    वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्ने छन् ।

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १०:२६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij