Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

बन्दीपुर केवलकारको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

बन्दीपुर केवलकारको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 1.8K
    Shares

    बन्दीपुर केवलकारको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडको आइपीओ आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

    कम्पनीले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज साउन २० गते अन्तिम दिन रहेको छ।

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपीओ जारी गर्न लागेको हो।

    नेपाल धितोपत्र बोर्डले बन्दीपुर केबलकारलाई ५८ करोड ६० लाख रुपैयाँ अर्थात १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति दिएको छ।

    कुल कित्तामध्ये कम्पनीले जारी पुँजीको २ प्रतिशतले हुन आउने ५ लाख ६६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्र ९तनहुँको बन्दीपुर गाउँपालिकाका सबै वडा, आँबुखैरेनी गाउँपालिकाका सबै वडा, भानु नगरपालिका वडा न।१ तथा गोरखाको पालुङटार नगरपालिका वडा न। ७० का स्थानीयका लागि जारी गर्ने भएको छ। स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।

    स्थानीयले धितोपत्र बिक्री प्रबन्धक बैंकिङ, बन्दीपुर केवुलकारको काठमाडौंको कालिमाटीस्थित कार्यालय, बन्दीपुर केवलकारको तल्लो स्टेसन, आँबुखैरेनी गाउँपालिकाको कार्यालय, भानु नगरपालिकाको वडा नं। १ को कार्यालय र पालुङटार नगरपालिका वडा नं.७ को कार्यालयबाट आवेदन दिन सक्ने छन्।

    यसैगरी कम्पनीले सर्वसाधारणका लागि छुट्याएको ५२ लाख ९४ हजार कित्ताको १० प्रतिशतले हुन आउने ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गर्ने भएको छ। उनीहरुले न्यूनतम १० र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।

    वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्ने छन्।

     

    images
    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - ०९:५७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij