Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

बागमतीमा एमालेको भागमा ६ मन्त्रालय, बानियाँको नेतृत्वमा को-को बन्दैछन् मन्त्री ?

बागमतीमा एमालेको भागमा ६ मन्त्रालय, बानियाँको नेतृत्वमा को-को बन्दैछन् मन्त्री ?


  • 2.2K
    Shares

    बागमतीमा एमालेको भागमा ६ मन्त्रालय, बानियाँको नेतृत्वमा को-को बन्दैछन् मन्त्री ?
    images

    हेटौंडा । नेकपा एमालेले इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने नयाँ सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको छ ।

    एमालेले पार्टीको भागमा परेका ६ जना मन्त्रीकै नाम टुंगो लगाएको हो । जसमा एक जना दोहोरिएका छन् भने पाँच जना नयाँलाई पठाउने भएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापामगर रहेका छन् । उनै सोही मन्त्रालयको जिम्मेवारीमा दोहोरिने भएका हुन् ।

    एमालेले श्रम, रोजगार तथा यातायात मन्त्रीमा काठमाडौंका जयराम थापा, वन तथा वातावरणमन्त्रीमा दोलखाका भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ललितपुरका मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौंका डा. दिनेशचन्द्र देवकोटा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्रीमा काठमाडौंकै ‍विन्दु श्रेष्ठको नाम टुंग्याएको हो ।

    मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि आज कांग्रेसकै इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बन्दैछन् ।

    कांग्रेस दलको नेताको हैसियत गुमाएपछि इन्द्रबहादुर बानियाँले पार्टीको दबाबमा राजीनामा दिएका थिए । उनले राजीनामा दिनुअघि नै बानियाँ दलको नेता चयन भइसकेका हुन् ।

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - ०९:१४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij