Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

राजनीति

जनार्दन शर्माले बैठकको माइन्युटमा सही गर्छु भन्नुभएको छ : अग्नि सापकोटा

जनार्दन शर्माले बैठकको माइन्युटमा सही गर्छु भन्नुभएको छ : अग्नि सापकोटा


  • 1.1K
    Shares

    जनार्दन शर्माले  बैठकको माइन्युटमा सही गर्छु भन्नुभएको छ : अग्नि सापकोटा
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले नेता जनार्दन शर्माले स्थायी समिति बैठकको माइन्युटमा हस्ताक्षर गर्ने बताएको जनाएका छन् । यद्यपि बैठकमै भने उनले हस्ताक्षर नगरेको सापकोटाको भनाइ छ । 

    चार दिनसम्म बसेको माओवादीको स्थायी कमिटी बैठकपछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले जनार्दन शर्माको विषयमा धेरै खुला र स्पष्ट छलफल भएको बताए । 

    ‘असाध्यै कमरेड्ली भावनाका साथ छलफल चल्यो । उहाँले माइन्युटमा सही गर्छु भन्नुभएको छ’, सापकोटाले भने, ‘बैठकमा स्थायी कमिटी र अध्यक्षले भनेका कुरामा अलिकति महसुस गर्नुभएको छ । साउन ६ गते जुन अभिव्यक्ति दिनुभएको थियो, त्यसमा आत्मालोचना त गर्नुभएको छैन ।  तर छलफल गर्दै जाने कुरा भएको छ ।’ 

    नेता सापकोटाले माओवादीबारे बजारमा पार्टी फुट्छ भनेर चर्चा चलेपनि ती सबै चर्चालाई खारेज भएको बताए । साथै उनले अव पार्टी एकताबद्ध भएर जाने कुरामा बैठक सफल भएको छ त्यो गर्वको कुरा भएको बताए ।

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १५:२८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij