Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

भारतको मुरादाबादमा मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले बर्सायो लट्ठी

भारतको मुरादाबादमा मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले बर्सायो लट्ठी


  • 6.7K
    Shares

    • images
    भारतको मुरादाबादमा मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले बर्सायो लट्ठी
    images

    भारतको उत्तर प्रदेशको मुरादाबादमा मास्क नलगाइकन घरबाहिर आएका पुरुष र महिलालाई प्रहरीले लट्ठी बर्साएको छ । प्रहरीले महिलाहरूलाई कसेर थप्पड हानेको र भुइँमा पछारेको पनि पाइएको छ । 

    एक युवकलाई प्रहरीले बेस्सरी कुटपिट गरेर उसको कपडा पनि च्यातेको थियो । युवक भाग्न खोज्दा प्रहरीले उसलाई पक्रेको अनि निकै ठटाएपछि प्रहरी कार्यालय लगेको थियो । 

    प्रहरीका अनुसार, उक्त युवक मास्क नलगाइकन घुमिरहेको थियो । उसलाई बोलाएर सोधपुछ गर्दा उसले प्रहरीलाई मुख छोडेको थियो । त्यसपछि प्रहरीले उसलाई ठटाएको थियो । भाग्ने कोशिश गर्दा युवकलाई प्रहरी निरीक्षकले बन्दूक तेर्स्याएका थिए । 

    ती युवकलाई प्रहरीले कुटपिट गरेपछि उनका आमा र बहिनीले बचाउने कोशिश गरेका थिए । त्यसपछि प्रहरीले दुवैलाई थप्पड हानेर भुइँमा पछारेको थियो । घटना सीसीटीभी क्यामरामा कैद भएको छ । एजेन्सी

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १४:१७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij