Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सिद्धबाबानजिकै ठूलो पहिरो, सवारीसाधन रोकियो

सिद्धबाबानजिकै ठूलो पहिरो, सवारीसाधन रोकियो


  • 512
    Shares

    • images
    सिद्धबाबानजिकै ठूलो पहिरो, सवारीसाधन रोकियो
    images

    काठमाडौं । लगातार वर्षासँगै सोमबार (साउन १८) दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

    सिद्धबाबा मन्दिरनजिकै कम्तीमा दुईदेखि तीन स्थानमा ठूलो चट्टान र माटोसहितको पहिरो खसेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

    सडक पूर्ण रूपमा अवरुद्ध छ । तत्काल खुलाउने सम्भावना न्यून छ । सवारीसाधन बीचबाटोमा रोकिएका छन् । जोखिमका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।

    निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावनाका कारण सुरक्षालाई मध्यनजर गर्दै तत्काल ठूलो मेसिन पठाउन कठिन भएको जनाइएको छ ।

    उक्त क्षेत्रमा सरकारले सुरुङमार्ग निर्माण गरिरहेको छ । सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । लाइनिङका कामहरू भइरहेको आयोजनाले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १५:०६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij