२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक जारी छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जारी बैठकमा काठमाडौं तथा भक्तपुरका सीडीओ सहभागी छन् भने ललितपुरका सहायक सीडीओ सहभागी छन् ।
बैठकले निषेधाज्ञालाई प्रभावकारी बनाउने विषयमा निर्णय गर्दै छ । उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने विषयमा छलफलका लागि बैठक बस्न लागेको हो । आजको बैठकले निषेधाज्ञा थप गर्ने काठमाडौंमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
पहिलो चरणमा लगाइएको निषेधाज्ञा भोलि २२ गते राति १२ बजेदेखि सकिँदै छ । अब थप कडाइका साथ निषेधाज्ञा लगाउने विषयमा तिनै जिल्लाका सीडीओहरू एकमत छन् । ललितपुरका सीडीओ कोरोना संक्रमित भएपछि सहायक सीडीओ बैठकमा सहभागी छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij