Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

गायिका गीता पाण्डेको नयाँ गीत ‘माछी भुल्यो’ सार्वजनिक

गायिका गीता पाण्डेको नयाँ गीत ‘माछी भुल्यो’ सार्वजनिक


  • 1.6K
    Shares

    गायिका गीता पाण्डेको नयाँ गीत ‘माछी भुल्यो’ सार्वजनिक

    काठमाडौं ।  गायिका गीता पाण्डेले सुमधुर प्रेमिल गीत ‘माछी भुल्यो’  सार्वजनिक गरेकी छिन्।

    प्रेमिल भावमा लेखिएको यो गीतमा रचना साथै संगीत चिरपरिचित दीपक शर्मा को रहेका छन् भने अहिलेकी चिरपरिचित गायिका गीता पाण्डेले स्वर दिएकी छिन् ।

    गीतमा नरेन्द्र बियोगीले एरेन्जरको रुपमा काम गरेका छन्। गीतमा प्रेममा समर्पण भावना छ,आस्था छ । गीत जति सुमधुर अनि प्रेमिल बनेको छ, गीतको भिडिओ उति नै रोमान्टिक छ। भिडि‌ओमा स्वस्तिक पोख्रेल र अनुस्का कार्की फिर्चड छन् ।

    भिडिओमा देखाईएको सुन्दर लोकेसन र दृष्यहरुले भिडिओलाई झनै आकर्षक बनाएको छ । गायिका पाण्डेकाका थुप्रै गीत श्रोता दर्शकको रोजाइमा पर्न सफल भएका छन् । आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका पाण्डेले बताइन् । उनले चलचित्रका गीतदेखि लोक र आधुनिक गरि थुप्रै गीत गाइसकेकी छिन् ।

    पुजा ठकुरीले निर्देशन गरेको उक्त भिडियाको सम्पादन बिनोद बमले गरेका छन्। दिपक गिरी र टिमले छायांकन गरेको भिडियोमा अहिलेका रुचाईएका युवा कोरियोग्राफर द्वय अनुजा अधिकारी र श्रवण पाख्रिनको रहेको छ । गीतलाई टिकटकमा भिवर्सद्वारा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ ।

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १२:१५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij