Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

राजनीति

माओवादी स्थायी समिति बैठक: आज प्रचण्डले जवाफ दिने

माओवादी स्थायी समिति बैठक: आज प्रचण्डले जवाफ दिने


  • 974
    Shares

    माओवादी स्थायी समिति बैठक:  आज प्रचण्डले जवाफ दिने

    काठमाडौं । आज (सोमबार)  नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिँदै छन्। 

    बिहान ११ बजे सुरु हुने बैठकमा पार्टीको केन्द्रीय कार्यालयमा सदस्यहरूले उठाएका विषयमा अध्यक्ष प्रचण्डले उत्तर दिने भएका हुन्। त्यसअघि महासचिव देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राख्नेछन्।

    विशेष महाधिवेशनको प्रस्ताव गरेका उपमहासचिव शर्मालाई बैठकमा बोल्ने सदस्यहरूले आत्मालोचना गर्न सुझाव दिएका छन्। शुक्रबारदेखि जारी बैठकमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबाहेकका नेताले धारणा राखिसकेका छन्। 

    अब आज वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव गुरुङले धारणा राखेपछि प्रचण्डले जवाफ दिनेछन्। त्यसपछि बैठक समापन गरिने माओवादीले जनाएको छ। 

     

     

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १०:०७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij