Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सभामुखले बोलाए प्रमुख सचेतकहरू र कार्यव्यवस्था परामर्श समिति बैठक

सभामुखले बोलाए प्रमुख सचेतकहरू र कार्यव्यवस्था परामर्श समिति बैठक


  • 883
    Shares

    • images
    सभामुखले बोलाए प्रमुख सचेतकहरू र कार्यव्यवस्था परामर्श समिति बैठक
    images

    काठमाडौं । प्रतिनिधिसभाको आज दिउँसो एक बजेका लागि बोलाइएको बैठकअघि सभामुख देवराज घिमिरेले दुई छुट्टाछुट्टै बैठक बोलाएका छन् ।  

    प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बिहान ११ बजे प्रमुख ५ दलका प्रमुख सचेतक र कानुन न्याय तथा संसदीय मामिला मन्त्री सहितको बैठक नयाँ वानेश्वरस्थित संसद् भवनमा आह्वान गरीएको छ ।

    त्यस्तै त्यो बैठक सकिएपछि साढे ११ बजे सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

    दिउँसो एक बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ । 

    आजै सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।

     

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - ०९:५८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij