२०८२ चैत्र १ गते आइतवार
काठमाडौँ । प्रतिनिधि सभा बैठक बस्नुअघि सबै सांसदहरुको पीसीआर परीक्षण हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ गतेको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसद बैठक आह्वान गरेकी छन् ।
संसद सचिवालयका अनुसार सो बैठक अघि संघीय संसदका सबै सांसदको वैशाख २२ र २३ गते संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साझ ५ बजे सम्म पीसीआर विधिबाट कोभिड परीक्षण हुन लागेको हो ।
सचिवालयका कर्मचारी, आइसीसीका कर्मचारी, मर्यादापालक लगायतको पनि स्वाव टेस्ट गरिने संसद सचिवालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij