Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सप्तकोशीमा खतराको संकेत रातो बत्ती बल्यो, २६ वटा ढोका खुला

सप्तकोशीमा खतराको संकेत रातो बत्ती बल्यो, २६ वटा ढोका खुला


  • 1.3K
    Shares

    • images
    सप्तकोशीमा खतराको संकेत रातो बत्ती बल्यो, २६ वटा ढोका खुला
    images

    सप्तकोशी नदीमा आइतबार बिहानदेखि निरन्तर पानीको बहाव बढेसँगै साँझदेखि खतराको संकेत रातो बत्ती बालेको छ । साँझ ७ बजेको मापनअनुसार पानीको बहाव एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्यूसेक पुगेको छ ।  

    कोशी ब्यारेज कन्ट्रोल रुमअनुसार अहिले ५६ वटा ढोकामध्ये २६ वटा खुला गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रअनुसार अहिलेसम्म कोशी नदीमा पानीको बहाव बढे पनि कुनै समस्या भने छैन ।  

    कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्न खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । दुई लाख काट्ने बित्तिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बाल्ने गरिन्छ । पानीको बहाव तीन लाख काट्नासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ ।  

    कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्यूसेक पानी भारवहन क्षमता हुने उल्लेख छ । तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला वर्षमा पानीको बहाव चार लाखभन्दा मुनि नै रहेकाले कुनै अनुमान लगाउन सकिने अवस्था छैन ।  

    २०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानवबस्तीमा पसेको थियो । 

    त्यतिबेला सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए । एकपटक पूर्वी तटबन्ध भत्काएर पुनः पुरानै अवस्थामा फर्काए पनि कुनै पनि बेला विनाश मच्चाउन सक्ने खतरा भने छ ।

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १९:११:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij