Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मालपोत प्रमुख बन्न कसलाई बुझाए पौडेलले ७० लाख ? यस्तो थियो अडियो रेकर्ड

मालपोत प्रमुख बन्न कसलाई बुझाए पौडेलले ७० लाख ? यस्तो थियो अडियो रेकर्ड


  • 2.7K
    Shares

    • images
    मालपोत प्रमुख बन्न कसलाई बुझाए पौडेलले ७० लाख ? यस्तो थियो अडियो रेकर्ड
    images

    काठमाडौं । कर्मचारी सरुवा र व्यवस्थापनसँग सम्बन्धित घुस लेनदेनको अडियो सार्वजनिक भएपछि सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए ।

    त्यही अडियोमा नाम मुछिएपछि पूर्वमन्त्री रञ्जिता श्रेष्ठ पनि नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको जिम्मेवारीबाट अलग भइन् । घुस प्रकरणमै मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै ‘एक्सन’ लिएका छैनन् ।

    अख्तियारको अनुसन्धान र सोधपुछसमेत पोखरा लिचीबारीको जग्गासँग सम्बन्धित व्यक्तिहरू, मालपोतका कर्मचारी र पूर्वमन्त्रीमा सीमित भएको छ । बारम्बार प्रमाणहरू सार्वजनिक हुँदा पनि अख्तियारले बहालवाला मन्त्री अधिकारीलाई डाकेर सोधपुछ र बयान सुरु गरेको छैन ।

    अर्कै व्यक्तिसँग पैसा लिएकाले पोखराका खेमबहादुर पुनलाई भूमि आयोगको अध्यक्ष बनाउन आनाकानी गरेको अनि मन्त्री अधिकारीको छोरा मनोजलाई जेब्रा झोलामा हालेर २५ लाख रुपैयाँ दिएको भन्ने बाहेक पोखराबाट अर्को अडियो पनि सार्वजनिक भएको थियो ।

    मालपोत कार्यालय कास्कीका नासु दीपक सुवेदीले एक संवादमा ‘चिरञ्जीवीलाई ७० लाख रुपैयाँ खर्च गरेर ल्याएको मान्छे मै हुँ…’ भन्दै अश्लिल शब्द बोलेको सुनिन्छ । अडियोमा अर्को व्यक्तिले ‘७० लाख ?’ भनेर प्रश्न गर्दा उनले अश्लिल शब्द बोल्दै ‘हो मा हो’ मिलाएका थिए ।

    उनीहरूले नाम उल्लेख गरेका चिरञ्जीवी भन्ने व्यक्ति मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत चिरञ्जीवी पौडेल हुन् । जसलाई दुई बहालवाला र एक पूर्वमन्त्री जोडिएको अडियो रेकर्ड गर्ने व्यक्तिले मालपोत कार्यालय, कास्कीमा रोक्न अनेक प्रयास गरेका थिए ।

    मालपोत कार्यालय कास्की सम्बद्ध स्रोतका अनुसार, केही महिनाअघि मालपोत कार्यालय कास्कीले आयोजना गरेको पिकनिकमा गएका बेला नासु सुवेदीले बोलेको अडियो रेकर्ड भएको थियो । अडियो रेकर्ड गरेको आरोपमा दुई दिनअघि मात्रै मालपोत कार्यालय, कास्कीका प्रमुख मालपोत अधिकृत पौडेलले आफ्नै कार्यालयका एक सहायक स्तरका कर्मचारीको करार नवीकरण गरेनन् ।

    अडियोमा नासु सुवेदीले ‘चिरञ्जीवीलाई ७० लाख रुपैयाँ खर्च गरेर ल्याएको मान्छे मै हुँ…’ भने पनि त्यो रकम कहाँ खर्च भयो भन्ने खुल्दैन भने ७० लाख रुपैयाँ लगानी गर्ने को हो भन्ने पनि अस्पष्ट छ ।

    तर, उपसचिवस्तरको प्रमुख मालपोत अधिकृतको सरुवाका लागि ७० लाख रुपैयाँ खर्च गरेको उनको दाबीले मालपोत कार्यालय, कास्कीबाट केही ठूलै चलखेल हुन खोजेको संकेत गरेको थियो । भूमि व्यवस्था मन्त्रालयसम्बद्ध स्रोतले भन्यो, ‘ती नासुले ७० लाख रुपैयाँ खर्च गर्नसक्ने अवस्थै थिएन । कुनै स्वार्थ समूहले उनलाई त्यहाँ व्यवस्थापन गर्न खोजेको स्पष्टै बुझिन्छ ।’

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १८:५८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij