Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

स्थायी कमिटी बैठक

जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्छ : प्रचण्ड

जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्छ : प्रचण्ड


  • 1.4K
    Shares

    जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्छ : प्रचण्ड
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गल्ती गरेकाले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

    आइतबार पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् ।

    स्थायी कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रनुको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिए आफू पनि आत्मालोचना गर्ने बताएका थिए । त्यसअघि बोल्ने नेताहरूले उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्ने बताएका थिए ।

    त्यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा अध्यक्ष प्रचण्डले भनेका छन्, ‘अहिले छलफल चलिरहेकै छ । जसले गल्ती गरेको छ त्यसले आत्मालोचना गर्ने कुरा हो ।’

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १६:२६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij