Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

पार्किङबाट निकाल्दै गर्दा ब्रेक फेल भएर ऐनापहराबाट खस्यो बस

पार्किङबाट निकाल्दै गर्दा ब्रेक फेल भएर ऐनापहराबाट खस्यो बस


  • 820
    Shares

    • images
    पार्किङबाट निकाल्दै गर्दा ब्रेक फेल भएर  ऐनापहराबाट  खस्यो बस
    images

    काठमाडौं ।  गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खसेको छ । यो बस दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्, तीनजनाको अवस्था सामान्य छ ।

    गोरखाबाट चितवनको नारायणगढ गइरहेको ग२ख१०७७ नम्बरको बस सडकबाट मर्स्याङ्दी नजिकै ऐना पहरा भीरबाट खसेको तनहुँ प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय आँबुखैरीका अनुसार घुम्न हिँडेका यात्रु बोकेर निस्किएको बस आरामका लागि रोकिएको थियो । रिफ्रेस गराएर स्टार्ट गर्दा बस ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेको हो ।

    बसको अगाडिको भाग भासिएकाले त्यहाँ केही मान्छे च्यापिएको हुन सक्ने आशंका गरिएको छ। घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिइसकेको छ । सडकबाट खसेको बसलाई निकाल्न क्रेन बोलाइएको छ। क्रेन आइसकेपछि बसले मान्छे च्यापे नच्यापेको पक्का हुने प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार पार्किङमा राखेर झिक्ने क्रममा ब्याक गर्दा बसको ब्रेक फेल भएर खसेको जनाएको छ । नियन्त्रणमा लिइएका चालके पनि बस दुर्घटनाको कारण ब्रेक फेल भनेका छन् ।

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १६:१३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij