Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कार्यवाहक अध्यक्षलाई सदस्य मोदीले कार्यकक्षभित्रै ताला लगाइ थुनिदिएपछि...

कार्यवाहक अध्यक्षलाई सदस्य मोदीले कार्यकक्षभित्रै ताला लगाइ थुनिदिएपछि...


  • 1.3K
    Shares

    • images
    कार्यवाहक अध्यक्षलाई सदस्य मोदीले कार्यकक्षभित्रै ताला लगाइ थुनिदिएपछि...
    images

    काठमाडौं । थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूलाई सदस्‍य शान्ति मोदीले कार्यकक्षभित्रै थुनिदिएकी छन् । हाजिरीको विषयमा विवाद हुँदा कार्यबाहक अध्यक्ष थारूले काम गरिरहेका बेला सदस्य मोदीले बाहिरबाट ताला लगाइ दिएकी हुन् । त्यसपछि पुगेको प्रहरीले ताला खुलाएर कार्यबाहक सिंहलाई बाहिर निकालेको छ ।

    आयोगका सदस्‍य शान्ति मोदी एक हप्ताको बिदा लिएर एक महिना गायब भएको र अहिले सबै हाजिरी गर्न पाउनुपर्छ भन्‍दै ढोकामा ताला लगाउन खोजेपछि विवाद बढेको आयोगका कार्यबाहक अध्यक्ष सुवोध सिंह थारूले बताए ।

    उनले  भने, ‘ उहाँ (माननीय शान्ति मोदी)एक हप्ताको बिदा लिनुभयो। हामीले दियौं। तर, उहाँ एक महिना बेपत्ता हुनुभयो। हामीले खोजीनीति गर्‍यौं। कुनै सम्पर्कमा आउनुभएन। अहिले उहाँ पूरै महिनाको हाजिरी गर्न दिनुपर्छ भनेर विवाद झिक्नुभयो। म कार्यकक्षमा काम गरिरहेका बेला बाहिरबाट ताला लगाइदिनुभयो।’

    ‘दिउँसो साढे १२ बजेदेखि विवाद सुरू भएपछि सिंहदरबार प्रहरी वृत्तका प्रहरी आएर ढोका खोल्न लगाएका छौं’  उनले भने । यता, सदस्‍य मोदीले आफू बुधबारदेखि कार्यालय आइरहेको भएपनि हाजिरी गर्न नदिएपछि कार्यबाहक अध्यक्षको कार्यकक्षमा ताला लगाइदिएको स्वीकार गरिन् ।

    उनले भनिन्, ‘ म बुधबारदेखि आयोगको कार्यालयमा हाजिर छु। तर मलाई कार्यबाहक अध्यक्ष ज्यूले हाजिरी गर्न नै दिनु भएन। त्यसैले आज ताला लगाइदिएँ।’ पछि आफैले प्रहरी बोलाएर खोल्न लगाएको सदस्‍य मोदीले बताइन् ।

     

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १५:३१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij