Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपालमा इन्टरनेट सेवामा ५ कम्पनीको प्रभुत्व, अग्रस्थानमा वर्ल्डलिंक कम्युनिकेसन्स

नेपालमा इन्टरनेट सेवामा ५ कम्पनीको प्रभुत्व, अग्रस्थानमा वर्ल्डलिंक कम्युनिकेसन्स


  • 708
    Shares

    • images
    नेपालमा इन्टरनेट सेवामा ५ कम्पनीको प्रभुत्व, अग्रस्थानमा वर्ल्डलिंक कम्युनिकेसन्स
    images

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेइन्टरनेट बजारमा मुख्य पाँच कम्पनीहरूको प्रभुत्व देखिएको छ । उक्त पाँच कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन् ।

    प्राधिकरणको तथ्यांकअनुसार गत असारसम्म हाल देशभर ३२ लाख ४८ हजार ६७४ जना फिक्स ब्रोडब्याण्ड इन्टरनेट ग्राहक रहेकामा सबैभन्दा धेरै ग्राहक सङ्ख्या वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका छन् । १० लाख भन्दा बढी ग्राहक बनाएर अग्रस्थानमा रहेको यो कम्पनीको बजार हिस्सा ३१.१७ प्रतिशत पुगेको छ ।  

    ग्राहक सङ्ख्याको हिसाबले दोस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क लिमिटेड रहेको छ । डिस मिडियाका ३ लाख ६१ हजार ३९४ ग्राहक छन् भने बजार हिस्सा ११.१२ प्रतिशत ओगटेको छ । 

    यस्तै तेस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका ३ लाख ५४ हजार ४३८ ग्राहक रहेका छन्  भने कम्पनीले एनटीसीले १०.९१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।  

    चौथो स्थानमा रहेको भायानेट कम्युनिकेसन लिमिटेड रहेको छ । यस कम्पनीको ग्राहक ३ लाख १९ हजार रहेको छ । कम्पनीले नेपाली इन्टरनेटको दुनियाँमा ९.८२ प्रतिशत बजार हिस्सा ओगटेको छ । अर्को कम्पनी सुबिसु केबलनेट लिमिटेडका ग्राहक २ लाख ९९ हजार रहेका छन् । यो कम्पनीले ९.२१ प्रतिशत बजार हिस्सा ओगटेको छ । 

    नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको सङ्ख्या बढाउन चर्को प्रतिष्पर्धा चल्ने गरेको छ । क्लासिक टेकका ग्राहकको सङ्ख्या १ लाख ८७ हजार १३७ रहेको छन ।  कम्पनीको बजार हिस्सा ५.७६ प्रतिशत रहेको छ । 

    वेबसर्फर नेपालका १ लाख ७५ हजार ६५९ ग्राहकहरू रहेको छे । यसले ५.४१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।  टेकमाइन्ड्स नेटवर्क इन्टरनेट प्रयोगकर्ता १ लाख ०१ हजार ५८० रहेका छन् । यो कम्पनीको बजार हिस्सा  ३.१३ प्रतिशत रहेको छ ।

    चौधरी ग्रुपको लगानी रहेको सिजी कम्युनिकेसन्सका ग्राहक ८२ हजार ८६० रहेका छन् । यसले २.५५ प्रतिशत बजार हिस्सा ओगटेको छ । 

    ब्रोडलिंक नेटवर्कले १.६४, फाइबरवर्ल्ड कम्युनिकेसनले १.३१, सजिलो नेटले १.६ प्रतिशत बजार हिस्सा ओगटेका छन् । 

    एक प्रतिशत भन्दा कम बजार हिस्सा ओगट्नेमा फस्र्टलिंक कम्युनिकेसन, कनेक्ट नेपाल नेटवर्क, एरोनेट, चित्रवन युनिक नेट, पोखरा इन्टरनेट, एभरेष्ट वायरलेस नेटवर्क,आइ।जोनलगायतका कम्पनीहरू रहेका छन् । 

     

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १५:२८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij