Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द, मुख्यमन्त्री लामाले पत्रकार सम्मेलन गर्ने तयारी

आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द, मुख्यमन्त्री लामाले पत्रकार सम्मेलन गर्ने तयारी


  • 1.4K
    Shares

    • images
    आज बस्ने भनिएको बागमती मन्त्रिपरिषदको बैठक रद्द,  मुख्यमन्त्री लामाले पत्रकार सम्मेलन गर्ने तयारी

    काठमाडौं । बागमती प्रदेश मन्त्रिपरिषदको बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रम रद्द भएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद बैठक आह्वान गरेका थिए ।

    सोही अनुसार मुख्यमन्त्री लामा काठमाडौंबाट हेटौंडा आइपुगेका थिए । तर अन्तिम सयममा आएर बैठक रद्द भएको छ । 

    स्रोतका अनुसार प्रदेशका प्रमुख सचिव भुपाल बराल काठमाडौंमा रहेका कारण मन्त्रिपरिषद बैठक बस्न नसकेको हो । बरालको अनुपस्थितिमै भए पनि बैठक राख्न चाहेका मुख्यमन्त्री लामालाई अन्य सचिवले ‘प्रमुख सचिवको अनुपस्थितिमा मन्त्रिपरिषद बैठक नराख्न’ सुझाव दिएपछि बैठक राख्ने कार्यक्रम नै रद्द गरिएको छ ।

    मन्त्रिपरिषद बैठक नबस्ने भएपछि मुख्यमन्त्री लामाले पत्रकार सम्मेलनको तयारी गरेका छन् । पत्रकार सम्मेलनमार्फत नै उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने र राजीनामाको घोषणासमेत गर्ने स्रोतले जानकारी दिएको छ ।

    नेपाली कांग्रेसको संसदीय दलको नेताबाट अविश्वास प्रस्तावमार्फत हटाइएका लामा नेता चयनका लागि भएको निर्वाचनमा पराजित भएपछि राजीनामा दिनुपर्ने दबाबमा छन् । 

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १४:५३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij