Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध

वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध


  • 624
    Shares

    • images
    वर्षासँगै बाढीपहिरो: यी ७ सडक पूर्णरूपमा अवरुद्ध
    images

    काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोले देशका सातवटा राजमार्ग आज पूर्ण रूपमा अवरुद्ध भएका छन्। 

    ती सडकमा अहिले गाडी चल्न नसकेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसैगरि आज देशका सातवटै सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्।

    सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल र पासाङ ल्यामु सडक, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग, रुकुमपश्चिमको आठबीसकोट गाउँपालिका-१ स्थित जाजरकोट-डोल्पा-भेरि करिडोर सडक, जुम्लाको कर्णाली करिडोर र जाजरकोटको डोल्पा सडक आज बिहानैदेखि पूर्णरूपमा अवरुद्ध अवस्थामा छन्।

    त्यसैगरि काठमाडौँ नुवाकोट सडक, रसुवाको उत्तरगयास्थित गल्छी त्रिवेणी सडक, बागलुङ र नवलपरासीपूर्वको कालीगण्डकी करिडोर, मुस्ताङको बेनी जोमसोम सडकर तनहुँको पृथ्वी राजमार्गमा आज एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको पनि प्रहरीले जनाएको छ। 

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १४:३०:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij