Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आफ्नै डेरामा एकै परिवारका तीन आमाछोरी अचेत अवस्थामा फेला, एकको मृत्यु

आफ्नै डेरामा एकै परिवारका तीन आमाछोरी अचेत अवस्थामा फेला, एकको मृत्यु


  • 5.5K
    Shares

    आफ्नै डेरामा एकै परिवारका तीन आमाछोरी अचेत अवस्थामा फेला, एकको मृत्यु

    भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा फेला परेका छन्। तीमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

    सोमबार राति काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका ३ गुडुवाल घर भई हाल सुर्यबिनायक नगरपालिका १० मिलनचोकमा डेरा गरी बस्ने तीनजना अचेत फेला परेका थिए।

    तीमध्ये २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको छ। उनकी आमा ४० वर्षीया शान्तीमाया तामाङ र १८ वर्षीया छोरी अनिता तामाङ बेहास् छन्। उनीहरुको उपचार भइरहेको छ।

    सो घट्नाबारे खबर प्राप्त हुनासाथ तत्काल महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले कोठाको सम्पूर्ण झ्याल, ढोका भित्रबाट बन्द रहेको अवस्थामा फेला पारेको हो।

    स्थानीयको सहयोगमा झ्याल ढोकाको चुकुल फोडी हेर्दा मुखबाट फिज काटी बेहोस अवस्थामा फेला परेका थिए। तत्काल उपचारको लागी मध्यपुर अस्पताल ठिमी भक्तपुर लगिएकोमा उपचारकै क्रममा राति १२ बजे अनिताको मृत्यु भएको हो।

    कोठामा बालेको कोइला रहेको, कोठा सम्पूर्ण झ्याल ढोका भित्रबाट बन्द रहेकाले अक्सिजन अभावका कारण ज्यान गएको आशंका गरिएको छ।

    मृतकको रगत र भिसेरा समेत निकाली परीक्षणका लागी पठाउने तयारी भइरहेको भक्तपुर प्रहरीले जनाएकोछ।

    घटनामा बेहोस भएका २ जनाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको तर राम्ररी बोल्न सक्ने अवस्थामा भने रहेको अस्पतालले प्रहरीलाई जानकारी दिएको छ।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १२:३८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij