Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु

बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु


  • 834
    Shares

    • images
    बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु
    images

    काठमाडौं ।  हुम्लाको अदानचुली गाउँपालिकामा बाख्रा चराउन वनमा गएका नान बुढाको भिरबाट लडेर मृत्यु भएको छ । 

    शनिबार अदानचुली -३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीया बुढा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
     
    बाख्रा चराउन खर्कबाट जङ्गल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जङ्गलको भिरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको बुहारी शान्ति बुमीले बताइन् । 
      
    जङ्गल घरबाट गल्फागाड खोला पारि टाढाको वनमा भएकाले मृतक बुढाको शव लिन स्थानीयवासी त्यसतर्फ लागेको उनले बताइन् । सो खर्कमा मृतक बुढा र श्रीमतीमात्र भएकाले बिहानमात्र पारिवारलाई जानकारी आएको हो । जानकारी आएलगत्तै घरमा ल्याउन स्थानीय गएका छन् । यस क्षेत्रमा यतिबेला सबैका पशु चौपाया खर्कमै राख्ने गरिएको छ ।

     

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १३:१९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij