Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

जनार्दनले भने : म आत्मालोचना गर्न तयार छु, तर विशेष महाधिवेशन नै आजको विकल्प हो

जनार्दनले भने : म आत्मालोचना गर्न तयार छु, तर विशेष महाधिवेशन नै आजको विकल्प हो


  • 2.7K
    Shares

    • images
    जनार्दनले भने : म आत्मालोचना गर्न तयार छु, तर विशेष महाधिवेशन नै आजको विकल्प हो
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले देश र जनताका लागि आफू आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएका छन् । पार्टी स्थायी कमिटीको आइतबारको बैठकमा शर्माले तर त्यसका लागि अध्यक्ष प्रचण्ड पनि तयार हुनुपर्ने धारणा राखे ।

    ‘म देश र जनताका लागि आत्मालोचनामात्रै होइन जुनसुकै त्याग गर्न तयार छु,’ बैठकमा शर्माले राखेको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्ष प्रचण्डबाट उत्पन्न समस्याको जिम्मा उहाँ स्वयंले लिनुपर्छ, हामी सबै तयार नै छौं ।’

    उनले पार्टी अब विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव पनि गरेका छन् । ‘अध्यक्ष प्रचण्डले दिएका बाहिरी अभिव्यक्तिहरू र पार्टी फुट्दैछ भन्ने प्रचार नेता र कार्यकर्तालाई भ्रमित गर्ने र पार्टी निर्माणका एजेण्डा डाइभर्ट गर्ने कसरत मात्रै हो,’ शर्माले भने, ‘पार्टीभित्र प्रतिष्पर्धा र जनउत्तरदायित्वलाई आत्मसात गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो । अब बहस खुल्ला गर्नुपर्छ ।’

    बैठकमा उपमहासचिव शर्माले सरकारबाट बाहिरिएपछि सुरू भएको सुशासनको अभियानलाई अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँगको दुई बुँदे सहमतिमा लगेर बिसाएको आरोप लगाए । ‘अध्यक्षज्यूले पार्टीको निर्णय विपरीत सरकारको खेलमा समय फाल्नुभयो,’ शर्माले भने, ‘सुशासनको अभियान २ बुँदेमा लिएर बिसाउनुभयो ।’

    उपमहासचिव शर्माले वैचारिक लाइन, राजनीतिक अस्पष्टता, संगठनात्मक अराजकता, विधि र संगठनात्मक प्रणालीमा संकट लगायतका कारणले समस्या उत्पन्न भएको निष्कर्ष निकालेका छन् । ‘स्वचालित संगठन नहुनु, विधि सम्मत परिचालन नहुनु. समस्या समाधानका लागि पार्टीको पुनर्संरचना नयाँ सविधान र परिस्थिति अनुसार नगरी केन्द्रिकृत मानसिकतामा रुमल्लिनु नै आजको पार्टीको समस्या हो,’ शर्माले भनेका छन्, ‘यी समस्याको समाधान गर्न विचारको बहस, राजनीतिक लाइनको स्पष्टता, विधि पद्दतिसहितको स्थायी संरचना, स्वचालित कमिटीहरु, आर्थिक उत्पादन र आत्मनिर्भरलाई आत्मसात गर्नुपर्छ ।

    जनसंगठनहरु समेत तयार गर्न, पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायीत्वलाई आत्मसाथ गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो ।’

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १३:०१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij