Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून ल्याइँदैनः मन्त्री चौरसिया

बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून ल्याइँदैनः मन्त्री चौरसिया


  • 890
    Shares

    • images
    बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून ल्याइँदैनः मन्त्री चौरसिया
    images

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून नल्याइएको बताएका छन् ।

    नेपाल महिला संघले आईतवार मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएको हो । सञ्चारमाध्यममा सरकारले मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रश्तावित कानून ल्याएको भन्दै समाचार प्रकाशित भएका छन् । 

    सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको स्पष्ट पार्नुभयो । यसमा पुरुष वा महिला जो कोही दोषी छ उसलाई कारबाही गरिने गरी कानून निर्माण गर्न लागेको बताउनु भयो । मन्त्री चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून ल्याउन नलागेको स्पष्ट पार्दै आफ्ना पनि घरमा छोरीहरु रहेको बताएका छन् ।

    महिलालाई गाह्रो हुनेगरी कानून नबनाउने पनि प्रतिवद्धता जनाए । शब्दबाट कुनै गलत अर्थ लाग्ने रहेछ भने त्यो संशोधन गर्न सरकार तयार रहेको बताउनु भयो । गलत सम्बन्धबाट जन्मिएका सन्तानको हकमा केही कानून बनाउन आवश्यक नरहेको भए सरकारले नबनाउने पनि स्पष्ट पारे। 

    मस्यौदा मन्त्रीपरिषद्को समितिमा छलफलका क्रममा रहेको र पूरा तयार नभइसकेकाले सरकारको धारणा हो भनेर प्रचार नगर्न आग्रह गरेका छन् । गलत सम्बन्धबाट जन्मिएको सन्तान र श्रीमतीलाई सम्बन्धित व्यक्तिले स्वीकार गर्न चाहे स्वीकार्नसक्ने व्यवस्था कानूनमा राखिएको भन्दै समाचारहरु प्रकाशन भएका छन् । 

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १२:५९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij