२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ६० वर्षीय राममिलन धवलको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक विनोद धवल गम्भीर घाइते छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij