Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले बोलाए मन्त्रिपरिषद् बैठक, राजीनामा दिने तयारी

बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले बोलाए मन्त्रिपरिषद् बैठक, राजीनामा दिने तयारी


  • 1.3K
    Shares

    • images
    बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले बोलाए मन्त्रिपरिषद् बैठक,  राजीनामा दिने तयारी

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

    मुख्यमन्त्री लामाले राजीनामा दिने योजना बनाइसकेका छन् । कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि उनले राजीनामा दिने भएका हुन् ।

    सोही सन्दर्भमा दिउँसो २ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीको भनाइ रहेको छ । आफ्नो कार्यकालमा सहयोग गरेका विभिन्न दल, कर्मचारी लगायतलाई धन्यवाद दिनका लागि मुख्यमन्त्री लामाले बैठक बोलाइएको उनले बताएका छन् ।बैठकपछि औपचारिक रूपमा राजीनामा दिने बताइएको छ ।

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १२:१०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij