Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गुन्डा नाइके सानुभाइसँग झगडा गर्ने क्लब ओम्नियाका सञ्चालक पक्राउ

गुन्डा नाइके सानुभाइसँग झगडा गर्ने क्लब ओम्नियाका सञ्चालक पक्राउ


  • 1.3K
    Shares

    • images
    गुन्डा नाइके सानुभाइसँग झगडा गर्ने क्लब ओम्नियाका सञ्चालक पक्राउ
    images

    काठमाडौं ।  गुन्डा नाइके युवराज गुरुङ उर्फ सानुभाइसँग झगडा गरेको आरोपमा प्रहरीले ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकलाई पनि पक्राउ गरेको छ । साउन १५ मा बिहान नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा झगडा गरेको आरोपमा सानुलाई पक्राउ परेका थिए ।

    दोहोरीमा सानुभाइसँग झगडा गरेको पुष्टि भएपछि नुवाकोट घर भएका राजेन्द्र गुरुङलाई पक्राउ गरिएको काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । गुरुङ क्लब ओम्नियाको सञ्चालक हुन् । नगरकोट दोहोरीमा जम्काभेट भएपछि सानुलाई र गुरुङको समूहले झगडा गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

    सानुभाइसँगै बिहीबार नुवाकोट सूर्यगढी गाउँपालिका–२ घर भएका रवीन्द्र तामाङ र पाँचथर फिदिमका दिल कुमार तुम्बापो पक्राउ परेका थिए । उनीहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    २०८० असार १५ मा ओम्नियामा प्रवेश गर्दा आफूलाई ‘सम्मान भएनन्’ भनेर सानुभाइको समूहले क्लब सञ्चालक राजेन्द्र गुरुङलाई आक्रमण गरेका थिए ।  त्यसबेला प्रहरीले सानुभाइलाई २०८० असार ३१ मा पक्राउ गरेर ठमेल क्षेत्रमा हत्कडी सहित घुमाएको थियो । सो प्रकरणमा उनी १० हजार धरौटीमा रिहा भएका थिए ।

    नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुलाई कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।  

     

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - ११:३५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij