Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

घाँटी थिचेर ललितपुरमा पत्नीको हत्या, आरोपी पक्राउ

घाँटी थिचेर ललितपुरमा पत्नीको हत्या, आरोपी पक्राउ


  • 1.1K
    Shares

    • images
    घाँटी थिचेर ललितपुरमा  पत्नीको हत्या, आरोपी पक्राउ
    images

    काठमाडौं । ललितपुरका एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। हत्या आरोपीलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। 

    काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ थानकोट घर भई हाल ललितपुरको गोदावरी नगरपालिका-१४ ठैब बस्दै आएका ४६ वर्षीय निरोज कुमार खड्गीले श्रीमती ४६ वर्षीया सुस्मिता खड्गीको हत्या गरेका हुन्।

    आइतबार बिहान उनीहरू बस्दै आएको टहरोमा सुस्मिताको शव फेला परेको प्रहरी परिसर ललितपुरले जनाएको छ। निरोजले घाँटी थिचेर पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

    सुस्मिताको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ। घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। घरायसी विवादका क्रममा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

     

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १०:४६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij