Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

न्याय परिषद् सदस्य निराला खड्काको कोरोना संक्रमणबाट मृत्यु

न्याय परिषद् सदस्य निराला खड्काको कोरोना संक्रमणबाट मृत्यु


  • 4.4K
    Shares

    न्याय परिषद् सदस्य निराला खड्काको कोरोना संक्रमणबाट मृत्यु

    काठमाडौं । कोरोना संक्रमण भएका न्याय परिषद सदस्य लक्ष्मी बहादुर निराला खड्काको मृत्यु भएको छ। 

    आज बिहान उनको उपचारको क्रममा सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा मृत्यु भएको हो। कोरोना संक्रमण देखिएर स्वास्थ्यमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए।

    'उहाँ हाम्रो अस्पतालमा नै उपचाररत हुनुहुन्थ्यो। आज बिहान निधन भएको छ,' अस्पताका प्रमुख तथा एसएसपी डाक्टर रुपक महर्जनले भने।

    उनी वैशाख १० गते अस्पताल भर्ना भएका थिए। आज बिहान ११ बजे उनको मृत्यु भएको हो। उनी सुगर र प्रेसरका विरामी पनि थिए। निमोनिया बिग्रिएपछि उनको निधन भएको हो।

    उनी २०७६ पुसमा न्याय परिषद सदस्यमा नियुक्त भएका थिए। काठमाडौंको मित्रपार्कका उनी लामो समय कानुन व्यवसायमा सक्रिय थिए। राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा उनी महान्यायाधीवक्तासमेत रहेका थिए।

    प्रकाशित मिति :बैशाख २१ २०७८ मंगलवार - १२:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij