Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

घाँटी थिचेर श्रीमतीको हत्या, आफू पनि झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि...

घाँटी थिचेर श्रीमतीको हत्या, आफू पनि झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि...


  • 1.3K
    Shares

    • images
    घाँटी थिचेर श्रीमतीको हत्या, आफू पनि झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछि...
    images

    मकवानपुर। मकवानपुरमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन्। मकवानपुरको मकवानपुरगढी गाउँपालिका-५ बुङदोलमा ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तीको घाँटी थिची हत्या गरेका हुन्।

    शनिबार बिहान करिब ६ बजेको समयमा मानबहादुरले आफ्नी श्रीमती दुर्गाको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन्। प्रहरीका अनुसार दुर्गालक्ष्मी लामो समयदेखि प्यारालाइसिसको कारण हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन्। 

    सोही तनावमा रहेका मानबहादुरले घरमा कोही नभएको बेला घाँटी थिचेर हत्या गरेका हुन्। घटनापछि उनले आफू पनि झुण्डिएर आत्महत्या गर्न खोजेको तर डोरी चुँडिएपछि प्रहरीमा आएर आत्मसमर्पण गरेको बताएका हुन्।

    उनी आज बिहान साढे ८ बजे जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आफैं उपस्थित भई श्रीमतीको हत्या गरेको भन्दै आत्मासर्मपण गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी श्यामु अर्यालले जानकारी दिए। सो पश्चात् तुरुन्त घटनास्थल पुग्दा दुर्गालक्ष्मीको शव ओछ्यानमा उतानो अवस्थामा फेला परेको डीएसपी अर्यालले बताए। 

    मानबहादुर मकवानपुरकै भीमफेदी गाउँपालिका-१ स्थित आफ्नै घरमा बस्दै आएका थिए। दुर्गालक्ष्मी भने बिबाह भएको केही वर्षपछिबाटै माइतीमै बस्दै आएकी थिइन्। उनलाई दुई वर्षअघि मात्रै प्यारालाइसिस भएको मकवानपुरगढी गाउँपालिका-५ का वडाध्यक्ष दिपेश दाहालले जानकारी दिए। 

    बेलाबेलामा श्रीमती भेट्न ससुराली आउने गरेका मानबहादुर शुक्रबार (हिजो) मात्रै आएका थिए। बिहानभएपछि दुर्गालक्ष्मीका दाइ दुध लिन डेरी गएका बेला मानबहादुरले श्रीमतीको हत्या गरेको खुलेको वडाध्यक्ष दाहाल बताउँछन्। 

    घरमा कोही नभएका बेला उनले घाँटी थिचेर श्रीमतीको हत्या गरेका हुन्। मानबहादुर र दुर्गालक्ष्मीका दुई छोरा छन्। एउटा २० वर्ष र अर्का २२ वर्षका छोराहरु भने कामको सिलसिलामा प्रायः घर बाहिर नै रहने गरेको वडाध्यक्ष दाहालले बताए।

    प्रकाशित मिति :श्रावण १७ २०८२ शनिवार - १७:३२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij