Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मोर्गन स्कुलमा गम्भीर अनियमितता भेटिएपछि ३ दिनभित्र कागजपत्र पेश गर्न महानगरको निर्देशन

मोर्गन स्कुलमा गम्भीर अनियमितता भेटिएपछि ३ दिनभित्र कागजपत्र पेश गर्न महानगरको निर्देशन


  • 1.3K
    Shares

    • images
    मोर्गन स्कुलमा गम्भीर अनियमितता भेटिएपछि ३ दिनभित्र कागजपत्र पेश गर्न महानगरको निर्देशन
    images

    काठमाडौं । वसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुलमा गम्भीर अनियमितता भेटिएपछि काठमाडौँ महानगरपालिकाले तीन दिनभित्र २२ प्रकारका कागजात पेश गर्न कडा निर्देशन दिएको छ। नगरपालिकाले चेतावनी दिएको छ– "निर्देशन पालना नगरे कडा कानुनी कारबाही हुन्छ।

    कामपा सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले विद्यालयमा गरिएको संयुक्त अनुगमनमा छात्रवृत्तिका नाममा शुल्क असुली, कमजोर भौतिक पूर्वाधार र नियामक मापदण्डको खुलेआम उल्लङ्घन भेटिएको जानकारी दिए।

    उनले विद्यालयको सञ्चालन र कानुनी हैसियतसमेत शङ्कास्पद देखिएकाले विस्तृत छानबिन अपरिहार्य रहेको बताए। कामपाको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार, छात्रवृत्तिमा नाम भएका विद्यार्थीहरूसँग रु २४ हजारदेखि ३० हजारसम्मको शुल्क लिइएको गुनासोका आधारमा विद्यालयमा अनुगमन गरिएको हो।

    अनुगमनमा भान्छा सञ्चालनको अवस्था, कक्षाकोठाको सरसफाइ र पूर्वाधारसमेत न्यूनस्तरको देखिएको उनको भनाइ छ।

    “पहिले पनि विद्यालयलाई तोकिएभन्दा बढी शुल्क फिर्ता गर्न भनिएको थियो,” ज्ञवालीले भने, “तर अटेर गरेपछि कडा निगरानी गर्नुपर्‍यो।” 

    तीन वर्षअघि बुढानीलकण्ठबाट वसुन्धरामा सरेर कक्षा ११–१२ सञ्चालन गर्दै आएको स्कुललाई कामपाले स्थानान्तरण अनुमति, शुल्क संरचना, छात्रवृत्तिको विवरण, कर तथा राजस्व, सुरक्षा र पूर्वाधारसम्बन्धी २२ बुँदाका कागजात पेश गर्न भनेको छ।

    हाल काठमाडौँ महानगरपालिकाले छात्रवृत्तिको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सामुदायिक र निजी विद्यालयमा विशेष अनुगमन अभियान सञ्चालन गरिरहेको छ। 

    प्रकाशित मिति :श्रावण १७ २०८२ शनिवार - ०६:२२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij