२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठमा बोलाएरै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिने तयारी गरेका हुन् ।
दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि लामाले मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडान दिएका थिए । तर, देउवाको निर्देशनपछि हेटौंडा फर्केर राजीनामा दिने आफू निकटका नेताहरूलाई जानकारी गराएका हुन् ।
दलको निर्वाचनमा मुख्यमन्त्री लामानिकट रहेका सांसद तीर्थ लामाले मुख्यमन्त्रीले भोलिसम्ममा राजीनामा दिने बताए । उनले भने, ‘उहाँले सभापतिसँग हिजो कुरा गर्नुभएको छ। अब भोलिसम्ममा राजीनामा दिने मनस्थितिमा हुनुहुन्छ ।’ लामाले राजीनामा दिएपछि बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij