२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठक ३ दिनसम्म चल्ने बताइएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक परिस्थितिको ब्रिफिङ गर्नेछन् । यस्तै पोखरामा आएर रोकिएको जागरण अभियानलाई निरन्तरताबारे छलफल गर्ने र केन्द्रीय समितिको मिति तय गर्नेछ । समाजवादी मोर्चाको सक्रियता र विस्तार साथै सांगठानिक रणनीति र आन्तरिक एकता सुदृढ पनि बैठकका एजेण्डा छन् ।
बैठकमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच चलिरहेको अन्तरसंघर्षबारे छलफल हुने एक नेताले बताए । शर्मा पक्षधरको तत्काल पूर्व निर्णय कार्यान्वयन गर्दै विशेष महाधिवेशनको माग गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij