२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउँदैछ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो ।
पहिले–पहिलो कोदो खानेलाई ‘गरिब’ भनेर हेप्ने चलन थियो । तर, पछिल्लो समय भने कोदोको परिचय नै पूर्णरूपमा बदलिन पुगेको छ ।आजभोलि सहरका ठूला होटल, रेस्टुरेन्टमा कोदोका अनेक थरी परिकार बनेर महँगो मूल्यमा बिक्री हुन थालेका छन् । पहिले गरिबको खाना भनेर हेपिएको कोदोको गुणगान अहिले भने धनीले गाउन थालेका छन् ।
कोदोमा भएका अनगिन्ती फाइदाबारे मानिसले बुझ्न थालेपछि बजारमा यसको माग र भाउ बढ्दै गइरहेको छ । जीवशैली र खानपानमा सचेत बन्दै गएपछि अहिले कोदोलाई सुपर र स्मार्ट फुड नै भन्न थालिएको छ ।
पहिले कोदोबाट रोटी, ढिँडो, सातु, जाउलोजस्ता परम्परागत परिकार मात्र बन्ने गरे पनि अहिले भने ब्रेड, केक, डोनट मस्म, पिज्जा, कुकिज, बिस्कुट, चाउमिनजस्ता आधुनिक परिकार बन्न थालेका छन् ।
पछिल्लो समय अस्वस्थकर खानपान र जीवनशैलीका कारण विभिन्न रोगले च्याप्दै जान थालेपछि मानिसहरू स्वस्थ जीवनशैली र अर्गानिक खानपानमा ध्यान दिन थालेका छन् ।
पछिल्ला वर्ष बजारमा कोदोको माग बढ्दो छ । पहिला गाउँका धेरै किसानलले पाखो बारीमा कोदो लगाउँथे, तर अहिले भने धेरैले कोदो लगाउन छाडिसकेका छन् । बढ्दो सहरीकरण प्रभावले गाउँमा कोदो फल्ने जमिन बाँझिन थालेका छन् । ग्रामीण भेगका मानिस सहर पस्न थालेपछि कोदोले भरिभराउ हुने जमिन अहिले बाझिँदै गएको देखिन्छ ।
नेपालका ७७ वटै जिल्लामा कोदो खेती गर्न सकिन्छ । कोदो नेपालको रैथाने बाली हो । नेपालमा १२ प्रजातिका कोदोजन्य बाली भए पनि नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० ले अहिलेसम्म कोदोका ६, चिनोको १ र कागुनोको १ गरी ८ वटा उन्नत जात उन्मोचन तथा दर्ता गरेको छ ।
मुलुकमा १६ साउन अर्थात् आज पहिलो पटक ‘प्रथम राष्ट्रिय कोदो दिवस २०८२’ देशभरि नै विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । ‘कोदोजन्य परिकारको आहार स् खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित कोदो दिवस मनाइएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij