Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

न्यायालय

दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु

दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु


  • 939
    Shares

    • images
    दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु
    images

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनाको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ सुरु भएको छ । 

    गत चैत १५ मा तीनकुने भएको राजावादीको प्रदर्शनको घटनाका मुख्य कमान्डर प्रसाईँलाई राज्यविरुद्धको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशको विरुद्धमा उच्च अदालत पुगेका थिए ।

    उच्च अदालतका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासमा बिहीबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमाु मा राखेर शुक्रबार पेशी तोकिएको थियो । 

    गत जेठ २९ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले राज्यविरुद्धको कसुरसहित ज्यान मुद्दाको अभियोजनमा प्रसाईँसहित ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । 

    २०८१ चैत १५ मा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनमा दुर्गा प्रसाईँको नेतृत्वमा तीनकुनेमा घर आगजनी,सरकारी गाडी तोडफोड लगायत अवाञ्छित क्रियाकलाप गरेको अभियोगमा जिल्ला अदालतले पुर्पक्षमा पठाउने आदेश दिएको थियो ।

    जिल्लाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि सो विरुद्ध प्रसाईँसहित सुशील बराल, डण्डपाणि रेग्मी र तारा राजावादी भन्ने सरोज गौतम ६ असारमा उच्च अदालत गएका थिए ।

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - १२:४५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij