Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

ससुराली गएर श्रीमानले गरे श्रीमतीको हत्या

ससुराली गएर श्रीमानले गरे श्रीमतीको हत्या


  • 932
    Shares

    • images
    ससुराली गएर श्रीमानले गरे श्रीमतीको हत्या
    images

    काठमाडौं ।  श्रीमानको हमलाबाट गम्भीर घाइते बनेकी पाँचथरकी एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

    श्रीमानले टाउकोमा कोदालोको पासो प्रहार गरेर गम्भीर घाइते भएकी फालेलुङ गाउँपालिका –७ की २२ वर्षीया अनु राईको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। पाँचथर प्रहरीका अनुसार बिहीबार राति उनका श्रीमान महेन्द्र तामाङले टाउकोमा कोदालोको पासोले प्रहार गरेका थिए।

    जिल्ला प्रहरी पाँचथरका प्रमुख डिएसपी कौशल बुढाथोकीले दिएको जानकारी अनुसार पारिवारिक विवादका क्रममा राति १० बजेतिर  २७ वर्षीय महेन्द्रले अनुमाथि कोदालो प्रहार गरेका थिए।

    विदेश जान भन्दै केही समयअघि पाँचथरबाट काठमाडौं गएका महेन्द्र योजना विफल भएपछि गाउँ फर्केका थिए। श्रीमान विदेश जान गाउँबाट हिँडेपछि माइतमै बसिरहेकी थिइन्।

    अनुको  फिदिम २ स्थित माइतीघरमै उनीमाथि महेन्द्रले ज्यान लिने गरी हमला गरेका थिए।  घाइते अनुलाई तत्कालै  जिल्ला अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि झापा बिर्तामोडको बिएण्डसी अस्पतालमा उनको उपचार भइरहेको थियो।

    बिएण्डसी अस्पतालले शुक्रबार बिहान साढे चार बजे अनुलाई मृत घोषणा गरेको डिएसपी बुढाथोकीले जानकारी दिए। अभियुक्त महेन्द्रलाई प्रहरीले राति नै पक्राउ गरेको छ।  महेन्द्रलाई फिदिम– ६ गोलेगाँउबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - १२:२१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij