Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

एक महिनासम्म खटाएको स्थानमा नगएपछि १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी

एक महिनासम्म खटाएको स्थानमा नगएपछि १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी


  • 1.2K
    Shares

    • images
    एक महिनासम्म खटाएको स्थानमा नगएपछि १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी
    images

    काठमाडौं । गृह मन्त्रालयले सरुवारपदस्थापन गरिएको कार्यालयमा निर्णय भएको एक महिनासम्म पनि नगएपछि खटाएको स्थानमा हाजिर हुन २४ घण्टे उर्दी जारी गरेको छ । 

    मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै २४ घण्टे उर्दी जारी गरेको हो । मन्त्रालयले वेभ पोर्टलमा आज सूची सार्वजनिक गर्दै मन्त्रालयले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको छ । 

    खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत छन् भने साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा रहेका छन् ।

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - ११:४५:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij