२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले नेपाल बिमा प्राधिकरणले पुँजी वृद्धि गर्न दिएको निर्देशन तथा तोकिएको समय सीमा भित्र पुँजी पुर्याउन सो बाटो अपनाउने निर्णय गरेको हो ।
प्राधिकरणले माघभित्र पुँजी पुर्याउने समय सीमा दिएको छ । सो अवधिभित्र पुनर्बिमा कम्पनीले २० अर्ब पुँजी पुर्याउनुपर्छ ।
पुँजीलाई २६ अर्ब पुर्याउनुपर्ने व्यवस्थापनको सुझाव अनुसार सो बराबरको हकप्रद शेयर निष्कासन गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।
यसका लागि आगामी साधारण सभामा विशेष प्रस्ताव पेस गर्ने निर्णय समेत भएको कम्पनीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij