२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । काठमाडौंको कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बा प्र ०१ ००४ ख ३२८७ नम्बरको ट्यांकरले बा प्र ०२ ०३३ प २५४८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ का २५ वर्षीय नवराज तुम्सिङ मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मगरको केएमसी अस्पताल सिनामङ्गलमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने सोही अस्पतालमा उपचार भइरहेको छ । ट्यांकर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij