Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सेयर बजारको ‘पहिरो’ आज पनि रोकिएन, २९२२ अंकमा झर्‍यो बजार

सेयर बजारको ‘पहिरो’ आज पनि रोकिएन, २९२२ अंकमा झर्‍यो बजार


  • 1.4K
    Shares

    • images
    सेयर बजारको ‘पहिरो’ आज पनि रोकिएन, २९२२ अंकमा झर्‍यो बजार

    काठमाडौं । अघिल्लो दिन करिब ४८ अंक घटेको सेयर बजार बिहीबार ३१.५० अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २९२२ अंकमा कायम भएको छ ।

    आज बजार उतारचढावपूर्ण रह्यो । आजका लागि अधिकतम विन्दु ११ : २४ बजे २९६७ अंक रह्यो भने बन्द भएको अंक नै न्यूनतम रह्यो । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ ।

    अघिल्लो दिन १६ अर्ब ४४ करोडको कारोबार भएकोमा आज १५ अर्ब ९८ करोडको भयो । ५२ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो । फाइनान्स बाहेक सबै समूहका सूचक घटे । फाइनान्स १.१८ प्रतिशत बढ्यो ।

    व्यापार सबैभन्दा धेरै २.४४ प्रतिशत घट्यो । बैंकिङ १.४४, विकास बैंक ०.४७, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१५, लगानी १.३२, जीवन बीमा १.२९, उत्पादन तथा प्रशोधन १.१४, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.७० तथा अन्य ०.३० प्रतिशत घटे ।

    तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा ट्रेड टावर, नेपाल फाइनान्स र कर्पोरेट डेभलपमेन्ट बैंक छन् । ग्रिन डेभलपमेन्ट बैंकको ९.९, सप्तकोशी विकास बैंकको ९.८६, सिन्धु विकास बैंकको ६.७४, सान्भी इनर्जीको ५.३९ प्रतिशत मूल्य बढ्यो ।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र लुम्बिनी विकास बैंक छन् ।

    प्रकाशित मिति :श्रावण १५ २०८२ बिहिवार - १४:३५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij