Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जोशी हाइड्रोपावरको हकप्रद सेयर आजदेखि निष्कासनमा

जोशी हाइड्रोपावरको हकप्रद सेयर आजदेखि निष्कासनमा


  • 1.5K
    Shares

    • images
    जोशी हाइड्रोपावरको हकप्रद सेयर आजदेखि निष्कासनमा

    काठमाडौं । जोशी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । गत असार ८ गते कम्पनीले हकप्रद सेयर निष्कासन गर्न एक दिनका लागि बुक क्लोज गरेको थियो । 

    त्यसकारण असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरूले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउनेछन् ।

    कम्पनीले हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँ बराबरको ६५ प्रतिशत अर्थात १ः० ६५ अनुपातमा १०० रुपैयाँ अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको हो ।  

    लगानीकर्ताले भदौ ४ गते भित्र हकप्रद खरिदका लागि आवेदन दिनुपर्नेछ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २६ गते हकप्रदका लागि स्वीकृति प्राप्त गरेको थियो । 

    प्रकाशित मिति :श्रावण १५ २०८२ बिहिवार - १३:०२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij