२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट पदमुक्त गर्नुका पाँच कारण रहेको जानकारी गराएको छ ।
बुधबार राष्ट्रिय भेला बोलाएर रञ्जितालाई पार्टीको सर्वोच्च पदबाट हटाइएको हो । नाउपाका महासचिव ठाकुरसिंह थारुका अनुसार रञ्जितालाई हटाउनुको पहिलो कारण उनले विधान विपरीत कार्य गरेका कारणले पदमुक्त गर्नु परेको हो ।
विधानले कार्यबाहक अध्यक्ष बनाउन नमिल्ने व्यक्तिलाई मनोनीत गरेको हुँदा उनलाई हटाउनु परेको दोस्रो कारण रहेको नाउपाले जानकारी गराएको छ । रञ्जिताले पोखराका शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् ।
केन्द्रीय सदस्यहरूले पटक-पटक बैठक बोलाउन आग्रह गर्दा समेत उनले बेवास्ता गर्दै आएको जनाइएको छ ।‘पटक-पटक बैठक बोलाउन बहुमत केन्द्रीय सदस्यले आग्रह गर्यौं । बैठक बोलाउन चासो देखाउनुभएन,’ महासचिव थारूले भने ।
कार्यबाहक अध्यक्ष तोकेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिनक लागि दिइएको समयभित्र जवाफ नदिएको हुँदा पदमुक्त गर्नुपरेको अर्को कारणमा उल्लेख गरिएको छ ।
पाँचौं कारण, पोखराको लिचिबारी जग्गामा चलखेल गर्न रञ्जिता मुछिएको घटना बनाइएको छ । पार्टीले रञ्जितालाई हटाउनका लागि औपचारिक निर्णय गरिसके पनि नयाँ अध्यक्ष भने तोकिसकेको छैन ।
नयाँ अध्यक्षको नाम निर्वाचन आयोगमा अभिलेखीकरण गर्दा कानुनी अड्चन आउनसक्ने अवस्थाले अर्को व्यक्तिलाई अध्यक्ष बुधबार तोकिएन । बिहीबार थप छलफल गरेर निर्णय गर्ने गरी हिजोको बैठक सकिएको थियो ।
‘अध्यक्ष हटाएपछि अर्को व्यक्ति बनाउनै पर्यो । आज निर्णय हुन्छ,’ महासचिव थारूले भने,‘ विधिसंगत हटाउनका लागि राष्ट्रिय भेला बोलाएका हौं । केन्द्रीय समितिले मात्रै हटाएको त होइन निरु’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij