Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आमरण अनसन बसेका मेयर भट्टराईको स्वास्थ्यमा सुधार, अस्पतालमै उपचार हुँदै

आमरण अनसन बसेका मेयर भट्टराईको स्वास्थ्यमा सुधार, अस्पतालमै उपचार हुँदै


  • 1.2K
    Shares

    • images
    आमरण अनसन बसेका मेयर भट्टराईको स्वास्थ्यमा सुधार, अस्पतालमै उपचार हुँदै

    काठमाडौं । अस्पताल भर्ना भएका मेयर तीर्थराज भट्टराईको स्वास्थ्यमा सुधार आएको छ । विभिन्न माग गर्दै माइतीघरमा आमरण अनसन बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई समस्या देखिएपछि बुधबार राति ११  बजे वीर अस्पतालमा भर्ना भएका थिए । 

    उनको उपचारपछि आज स्वास्थ्यमा सुधार देखिएको सचिवालयले जनाएको छ ।  ‘चार दिनदेखि भोको भएको कारणले स्वास्थ्यमा समस्या देखियो । हिजो राति अस्पताल भर्ना हुनुभएको हो ।

    उपचारका क्रममा डाक्टरले सुगर कमी भएको भनेको छ ,’मेयरको सचिवालय चिरञ्जीवी खतिवडाले भने,‘अहिले उहाँको स्वास्थ्यमा सुधार देखिए पनि डाक्टरले खान नखाएसम्म डिस्चार्ज नगर्ने भनेको छ ।’

    मेयर भट्टराई आइतबारदेखि सात बुँदे मागसहित सत्याग्रह बसेका थिए । तर सरकारले बेवास्ता गरेपछि बुधबारदेखि आमरण अनसन बसेका भट्टराईलाई बुधबार राति नै अस्पताल भर्ना गरिएको हो । भट्टराईको राति ११ बजेतिर स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल भर्ना गरिएको  खतिवडाले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण १५ २०८२ बिहिवार - ११:२१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij