Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आमरण अनसन बसेका मेयर भट्टराईको स्वास्थ्यमा सुधार, अस्पतालमै उपचार हुँदै

आमरण अनसन बसेका मेयर भट्टराईको स्वास्थ्यमा सुधार, अस्पतालमै उपचार हुँदै


  • 785
    Shares

    • images
    आमरण अनसन बसेका मेयर भट्टराईको स्वास्थ्यमा सुधार, अस्पतालमै उपचार हुँदै
    images

    काठमाडौं । अस्पताल भर्ना भएका मेयर तीर्थराज भट्टराईको स्वास्थ्यमा सुधार आएको छ । विभिन्न माग गर्दै माइतीघरमा आमरण अनसन बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई समस्या देखिएपछि बुधबार राति ११  बजे वीर अस्पतालमा भर्ना भएका थिए । 

    उनको उपचारपछि आज स्वास्थ्यमा सुधार देखिएको सचिवालयले जनाएको छ ।  ‘चार दिनदेखि भोको भएको कारणले स्वास्थ्यमा समस्या देखियो । हिजो राति अस्पताल भर्ना हुनुभएको हो ।

    उपचारका क्रममा डाक्टरले सुगर कमी भएको भनेको छ ,’मेयरको सचिवालय चिरञ्जीवी खतिवडाले भने,‘अहिले उहाँको स्वास्थ्यमा सुधार देखिए पनि डाक्टरले खान नखाएसम्म डिस्चार्ज नगर्ने भनेको छ ।’

    मेयर भट्टराई आइतबारदेखि सात बुँदे मागसहित सत्याग्रह बसेका थिए । तर सरकारले बेवास्ता गरेपछि बुधबारदेखि आमरण अनसन बसेका भट्टराईलाई बुधबार राति नै अस्पताल भर्ना गरिएको हो । भट्टराईको राति ११ बजेतिर स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल भर्ना गरिएको  खतिवडाले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण १५ २०८२ बिहिवार - ११:२१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij