Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

राजनीति

विधान महाधिवेशनको व्यवस्थापनका लागि एमालेमा जिम्मेवारी बाँडफाँट, कुन नेतालाई के ?

विधान महाधिवेशनको व्यवस्थापनका लागि एमालेमा जिम्मेवारी बाँडफाँट, कुन नेतालाई के ?


  • 939
    Shares

    विधान महाधिवेशनको व्यवस्थापनका लागि एमालेमा जिम्मेवारी बाँडफाँट, कुन नेतालाई के  ?
    images

    काठमाडौं । नेकपा एमालेले भदौमा हुने विधान महाधिवेशनको व्यवस्थापनका लागि नेताहरूलाई जिम्मेवारी तोकेको छ । हिजो बसेको पार्टी केन्द्रीय कार्यालय बैठकले विभिन्न नेताहरूलाई महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

    महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनका प्रतिनिधिको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ ।

    १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमध्ये कतिको मृत्यु भयो ? कतिले पार्टी छोडे ती सबै विषय यकिन गर्न संगठन विभागलाई जिम्मा दिइएको केन्द्रीय कार्यालय प्रमुख डा. भीष्म अधिकारीले जानकारी दिए ।

    यसैगरी स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई जिम्मा दिइएको छ । महाधिवेशनको स्वयंसेवक परिचालनको जिम्मा पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई जिम्मा दिइएको छ ।

    यस्तै सचिवालय र खानाको व्यवस्थापन कार्यालय सचिव डा. अधिकारीलाई जिम्मा दिइएको छ । कार्यालयको बैठकले यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठको जिम्मा दिएको छ ।

    महाधिवेशनको प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई जिम्मा दिइएको छ । यस्तै स्वागत नृत्य सहित विविध सांस्कृतिक कार्यक्रमका लागि केन्द्रीय सदस्य हेमराज राईलाई जिम्मा दिइएको छ ।

    महाधिवेशनका प्रतिनिधिले आवासको व्यवस्था आफैँ गर्नुपर्ने छ । आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने छ । यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी तोकिएको छ ।

    विधान महाधिवेशनमा २२सय ७९ जना प्रतिनिधि रहनेछन् । एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा हुँदैछ ।

    प्रकाशित मिति :श्रावण १५ २०८२ बिहिवार - १०:२७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij