Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

रञ्जिताको निर्णयबाट मेरो र पार्टी सदस्यको चित्त दुखेको छ : रेशम चौधरी

रञ्जिताको निर्णयबाट मेरो र पार्टी सदस्यको चित्त दुखेको छ : रेशम चौधरी


  • 1.5K
    Shares

    रञ्जिताको निर्णयबाट मेरो र पार्टी सदस्यको चित्त दुखेको छ : रेशम चौधरी
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टीको कार्यबाहक अध्यक्षमा शिव बास्तोलालाई तोक्नु पार्टी विधान विपरित भएको बताएका छन् ।

    बुधार पार्टीको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै चौधरीले यस्तो बताएका हुन् ।

    अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि बास्तोलाई कार्यबाहक अध्यक्ष बनाइएको थियो । श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै बास्तोलालाई कार्यबाहक तोकेकी थिइन् । तर, उक्त विषय आफू र पार्टी सदस्यलाई चित्त नबुझेको चौधरीले बताएका छन् ।

    ‘रन्जिताजीले केन्द्रीय कमिटीको बैठक बोलाएर प्रष्टीकरण दिनुपर्थ्यो । कार्यबाहक अध्यक्ष तोकेको सन्दर्भमा मलाई व्यक्तिगत रुपमा अत्यन्तै मन परेको छैन,’ चौधरीले भने, ‘धेरै व्यक्तिको चित्त पनि बुझेको छैन । विधान विपरीत उहाँले तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर तोक्नुपर्थ्यो । त्यसकारण पार्टीमा गम्भीर छलफल हुनुपर्‍यो ।’

    रञ्जितालाई अनुशासन समितिले कारबाही गरेको थियो । विधान विपरीत कार्यबाहक अध्यक्ष तोकेको कारण देखाउँदै उनलाई अध्यक्ष पदबाट हटाइएको थियो । त्यसतर्फ संकेत गर्दै चौधरीले राजनीतिमा सधैँ आफू मात्रै अघि बढ्न पाइन्छ भन्ने धारणा त्याग्न आग्रह गरे ।

    ‘हाम्रा कार्यकर्ताले सोध्छन् हाम्रा कार्यबाहक अध्यक्ष को हो रु पार्टीमा यो अवस्था आउनुको पछाडि को किन जिम्मेवार छन् भन्ने छर्लंग छ । राजनीतिमा सधैँ आफू जीन्दगीभर बसिरहन पनि पाइँदैन,’ चौधरीले भनेका छन्, ‘बुवालाई अध्यक्ष बनाउने वा नबनाउने भन्ने सदस्य साथीहरूले धारणा व्यक्त गरेपछि थाहा हुने कुरा हो ।

    मेरो आफ्नो व्यक्तिगत धारणा बुवालाई नै अध्यक्ष बनाउनुपर्छ भन्ने होइन ।’ रामलाल डगौरा संयोजकत्वको अनुशासन समितिले चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

    रञ्जिताले तोकिएको समय भित्र स्पष्टीकरण नदिएपछि उनलाई अध्यक्ष पदबाट हटाइएको जानकारी नाउपाले निर्वाचन आयोगलाई पनि दिएको छ । रञ्जितालाई पार्टी अध्यक्षबाट हटाएको पत्र मंगलबार आयोगमा दर्ता भएको थियो ।

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - १६:३७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij